महाकाली सन्धि भएको करिब २७ वर्षपछि उक्त सन्धिलाई संसद्बाट अनुमोदन गराउन भूमिका खेलेका मध्येका एक नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सन्धिमा “केही कमजोरी रहेका” बताएपछि त्यसले अहिले फेरि चर्चा पाएको छ । ओलीले अहिले आएर स्वीकारेका भए पनि कैयौँ जलस्रोत तथा परराष्ट्र मामिलाका जानकारहरूले वर्षौँदेखि उक्त सन्धिमा रहेका “कमजोरी”का कारण नेपालको…