डोटी । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले डोटीबाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारी गरेका छन् । नेपाल विद्यार्थी संघका पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका शाहीले युवाहरूको माग र पाका नेताहरूको चाहना तथा सुझाव अनुसार नै आफू संघीय चुनावको उम्मेदवार बन्ने तयारीमा जुटेको बताएका छन् ।
पूर्वीचौकी ३ डोटी चैकोट नीवासी शाहीले कांग्रेसको माहाधिवेशन प्रतिनिधिमा समेत लोकप्रिय मत प्राप्त गरेका थिए । उनले डोटेली जनताको चहाना विकाश र समृद्धि रहेकाले त्यसका लागि आफू योग्य व्यक्ति भएको जिकिर गरेका छन् ।
अहिले नेपाली जनताले युवा जोशलाई खोजिरहेका बताउँदै पार्टी नेतृत्वले आफूलाई अघि सार्नेमा आफू विश्वस्त रहेको शाहीले बताए । चुनावमा युवाहरूको उपस्थिति हुनुपर्नेमा आफू दृढ रहेको उनको भनाइ छ ।




















प्रतिक्रिया