Logo

प्रमुख समाचार

तालमेल मोडालिटी तय गर्न गठित कार्यदलको बैठकअघि कांग्रेस शीर्ष नेताहरु छलफलमा



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि कांग्रेस शीर्ष तहमा छलफल भइरहेको हो ।

कार्यदलको बैठक बस्नुअघि पार्टीको धारणा तय गर्न शीर्ष तहका नेताको बैठक बसिरहेको बताइएको छ । कार्यदलको बैठक दिउँसो तीन बजे बस्ने भएको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ११:१६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।