काठमाडौं । नेकपा (माओवादी केन्द्र)को कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश फर्किनेछन्…