Logo

प्रमुख समाचार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने दलहरुले एउटै चुनाव चिह्न प्रयाेग गर्न पाउने



काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न चाहेमा त्यो सुविधा पाउने भएका छन् । निर्वाचन आयोगले दल दर्ता आह्वान गर्न सार्वजनिक गरेको सूचनामा गठबन्धन गरेर एउटै निर्वाचन चिह्नबाट समेत निर्वाचन लड्नसक्ने सुविधा दिएको जानकारी गराएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । त्यसका लागि दुई वा बढी दलले कुनै दलको निर्वाचन चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिन पाउनेछन् । उनीहरुले आफूहरुको बाहेक अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउनेछन् ।

संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनुपर्नेछ । यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ । जुनसुकै दलबाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिनेछ ।

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ७ : ४५ बजे