Logo

प्रमुख समाचार

हामी एक चीन नीतिप्रति प्रष्ट छौं : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका छन् । शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल र माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले ताइवानमा घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । प्रचण्डको सचिवालयका तर्फबाट रमेश मल्लले लेखेका छन्, ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’

प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार  ६ : ३० बजे