Logo

कर्मचारीको पेसागत सुरक्षा सुनिश्चित गर्न एमालेको माग

काठमाडौं । एमालेले सरकारी सेवामा कार्यरत सबै कर्मचारीहरूलाई नियमित रूपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागले शुक्रबार विज्ञप्ति जारी गरी सरकारले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत हजारौं कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न लागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । …