काठमाडौ ।सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका पाँचथरका एक युवा रिहा भएका छन्। प्रहरीले उनलाई आइतबार परिवारको जिम्मा लगाएको हो। प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका रोशन पोखरेललाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो। साइबर अपराध अन्तर्गत जिल्ला अदालतबाट अनुमति लिई कानुनी प्रक्रिया बमोजिम अनुसन्धान अघि…