Logo

राजनीति

सर्वोच्चले भन्यो- रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा चलेको मुद्दाको आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयमा जटिल कानुनी प्रश्न देखिएको भनी व्याख्या गरेको छ ।

न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले मुद्दामा जटिल कानुनी प्रश्न देखिएको निष्कर्ष निकालेको छ। जटिल कानुनी प्रश्न देखिएपछि मुद्दा पूर्ण इजलासमा पेश हुनुपर्ने व्यवस्था छ।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालको दुई पटकको निर्णय संविधान र कानुनी व्यवस्थाको विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत तीन जनाले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए । सोहि रिटको व्याख्याका क्रममा सर्वोच्चले रवी लामिछानेको मुद्दामा ‘जटिल कानुनी प्रश्न’ समावेश भएको बिषय औंल्याएको हो ।

संविधानले महान्यायाधिवक्तालाई मुद्दा फिर्ता लिने अधिकार र मुलुकी फौजदारी कार्यविधि संहिताले अभियोगपत्र संशोधन हुने परिकल्पना गरेको भएपनि सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता नहुने सर्वोच्च अदालतले व्याख्या गरेको छ ।

चैत १५ मा सर्वोच्चले गरेको आदेशको पूर्णपाठ गत शुक्रबार सार्वजनिक भएको छ। ‘विशेष ऐन अनुसारको पुरै दाबी संशोधन गरी कायम नरहने ना अभियोग पत्र संशोधन गरिएको विषयमा यस अदालतबाट स्पष्ट व्याख्या एवं न्यायिक दृष्टिकोण स्थापित भएको देखिएन’ सर्वोच्चले आदेशमा भनेको छ, ‘सो कानूनी प्रश्न पूर्ण इजलासबाट निरुपण हुन मुनासिव हुनाले प्रस्तुत रिट निवेदनहरू पूर्ण इजलासमा पेश गर्नू ।’

प्रकाशित मिति : २९ चैत्र २०८२, आईतवार १७:५५   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।