संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा गरिएको छ । २ पार्टीबीच एकताका लागि भएको सहमतिका मुख्य आधारमा उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनका आधारमा ११ प्रदेशको रचना गरिनुपर्ने उल्लेख गरेको छ । यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणालीमा दुवै दल सहमत भएका छन् ।…