पूर्व पञ्चहरूका दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीचको एकता शुक्रबार घोषणा हुने भएको छ । प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै एकताको सहमतिपत्रमा हस्ताक्षर गरे । ‘संयुक्त वक्तव्यमा नेकपा नेतृत्वको वर्तमान सरकारले संविधानको मर्म र भावनालाई उपेक्षा गरेको छ भने सत्तालाई…