नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष उदय शम्शेर राणाले कांग्रेसका कार्यकर्ताहरूको मनोवल गिराउन अपराधिक समूह मनोवृत्ति भएका व्यक्तिहरूले हतियारको सहारा लिने गरेको बताएका छन् । कपिलवस्तु जिल्लास्थित नेपाल तरुण दलका शहीद स्व.राजेश सेनको घरमा शुक्रबार पुगेका पूर्वअर्थ राज्यमन्त्री समेत रहेका राणाले आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूले कांग्रेसलाई क्षति पुर्याउन नसक्ने बताए…