Logo

प्रमुख समाचार

संसदीय मूल्य मान्यता विपरित विधेयक पारित गरियो : सभापति देउवा



 नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको बताएका छन्। काङ्ग्रेसका अग्रज नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको स्मृतिमा  आयोजित श्रद्धाञ्जलि सभामा उनले संसद्मा वार्ताका माध्यमबाट सहमति खोजिने प्रचलनलाई लत्याउँदै विधेयक पारित गरिएको बताए।

लोकतान्त्रिक मूल्य मान्यतालाई काङ्ग्रेसले सधैँ आत्मसात गर्दै आएको बताउँदै सभापति देउवाले यसको खिलापमा हुने जुनसुकै गतिविधि पार्टीलाई सह्य नहुने उल्लेख गरे। नेपालको प्रजातान्त्रिक आन्दोलनमा रेग्मीको योगदान अतुलनीय भएको बताउँदै उनले रेग्मीले जीवनपर्यन्त विना स्वार्थ पार्टीलाई सहयोग गरेको स्मरण गरे।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, नेता शुक्रराज शर्मा, नेपाल महिला सङ्घ कास्कीका सभापति कोपिला रानाभाट, राजेन्द्रनिधि कोइराला, टङ्कमान नापित, रामकृष्ण पराजुलीलगायतले स्व रेग्मीले प्रजातन्त्र प्राप्तिको संघर्षमा गर्नुभएको योगदानबारे चर्चा गरे।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार ०३:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।