काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजकाे दिन विशेष दिन भएको उल्लेख गरेका छन् । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको दिनलाई संकेत गर्दै उनले भने– 'हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदै छ।' ओलीले थप भनेका छन्– 'हामीलाई पूरा विश्वास छ—हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने…