मकवानपुर । मकवानपुरका जयराम लामिछाने नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । गगनकुमार थापा नेतृत्वको समूहबाट उनी खुलातर्फ सर्वसम्मत रूपमा चयन भएका हुन् । थाहा नगरपालिका–९ का का लामिछाने पहिलो पटक पार्टीको केन्द्रीय तहको महत्त्वपूर्ण जिम्मेवारीमा पुगेका हुन् । लामो समयदेखि मकवानपुरको उत्तरी क्षेत्रमा कांग्रेस संगठन विस्तार, विकास निर्माण र सामाजिक गतिविधिमा…