काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई अहिलेको अवस्थामा नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको समेत बताइन्। बिहीबार इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा उनले आफूले सरकारी सेवासुविधा परित्याग गरेको जानकारी दिँदै राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको बताइन्। ‘व्यक्तिगत पदलोलुपता वा महत्त्वाकाङ्क्षा…