काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद ढकालले मुलुक ग्रे लिष्टमा परेको अवस्थामा गभर्नरको एक एक दिनको समय महत्त्वपूर्ण हुने भन्दै तत्काल नियुक्ति गर्न रुलिङ गर्न आग्रह गरे ।