काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते भएको तीनकुने घटनामा अनुसन्धान भइरहेको सदनलाई जानकारी दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अनुसन्धानमा कसैप्रति सरकारले कुनै पूर्वाग्रह नराखेको पनि बताए ।
उनले भने, ‘त्यो घटना विध्वंशात्मक र संविधान विरोधी थियो । अहिलेको व्यवस्थाका विरुद्धमा थियो । संविधान विरोध अराजक गतिविधिलाई कानूनको दायरामा ल्याइ नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अधिकारको निर्वाध उपयोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध छ ।’
प्रतिक्रिया