काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग गरेको सहमति उल्लङ्घन गरेको बताएका छन् । आइतबार लमजुङको क्व्होलासोथार गाउँपालिका–५ सिङ्दीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले ‘संविधानको परिपालना गर्ने, सार्वभौम नागरिकको अधिकारलाई कुनै दखल नगर्ने’ भन्ने सम्झौता पूर्वराजा ज्ञानेन्द्रबाट उल्लङ्घन भएको बताएका हुन् । गत फागुन ७ गतेदेखि पूर्वराजा ज्ञानेन्द्रले उक्त…