Logo

प्रमुख समाचार

‘इतिहास पढ्नका लागि मात्रै होइन, निर्माण गर्नका लागि पनि हो’ : सुनिता बराल



काठमाडौं । एमालेकी सचेत सुनिता बरालले इतिहास पढ्नका लागि मात्रै नभएर इतिहास निर्माण गर्नका लागि पनि भएको बताएकी छन् ।

शनिबार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिले काठमाण्डूमा आयोजना गरेको ‘सुशासन र समृद्धिका लागि राजनीतिक स्थायित्वः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको औचित्य’ विषयक अन्तर्क्रियामा बोल्दै एमालेकी सचेतक बरालले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘इतिहास पढ्नका लागि मात्रै होइन, निर्माण गर्नका लागि पनि हो, ‘यसका लागि प्रशस्तै काम गर्न बाँकी छ ।’

उनले संसदीय व्यवस्थालाई थप परिस्कृत गर्न सकिने बताइन् । वर्तमान सरकारले संविधान संशोधनका लागि पनि विषय उठान गरेको उल्लेख गर्दै त्यो दिशामा जान सकिने पनि उनले बताएकी छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आईतवार ०८:००   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।