काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले काठमाडौं महानगर प्रमुख बालेन शाहले स्टन्टबाजी गरेको आरोप लगाएका छन् । नेकपा एमालेले शुक्रबार जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना गरेपछि पोखरेलको यस्तो टिप्पणी आएको हो । उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै भनेका छन्, ‘काठमाडौं महानगरका मेयर बालेन नेकपा (एमाले)का विरुद्ध परिचालित छन् भन्ने…