काठमाडौं । नेकपा एमालेले आज दरबारमार्गमा गर्ने जागरण सभाका लागि विभिन्न स्थानबाट र्याली निकाल्न सुरु गरेको छ ।
एमाले कार्यकर्ताहरु भद्रकालीमा भेला भएर र्याली दरबारमार्गसम्म पुगेर सभामा परिणत हुनेछ ।
एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा सभा गर्दैछ । सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ । कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले प्रदर्शनसहित सभा गर्न लागिएको एमालेले जनाएको छ ।




















प्रतिक्रिया