काठमाडौं । नेपाली कांग्रेसका नेतात्रय प्रकाशमान सिंह, डा. शशांक कोइराला र विमलेन्द्र निधिले संवाद थालनी गरेका छन् । हिजो (सोमबार) उनीहरुबीच शशांक निवास महाराजगञ्जमा लामो छलफल भएको छ । नेतात्रयको कांग्रेसभित्र छुट्टै इतिहास छ । उनीहरु कांग्रेसका चर्चित नेताहरुको सन्तान हुन् । शशांक विश्वेश्वर प्रसाद कोईरालाका छोरा हुन् । त्यस्तै, प्रकाशमान गणेशमान सिंहका छोरा हुन्…