Logo

प्रमुख समाचार

प्रचण्डले किन भेटे रवीन्द्रलाई ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा देश चल्दैन भन्नेमा आफू पुगिसकेको बताएका छन् ।

मङ्गलबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् ।भेटपछि मिश्रले प्रचण्डलाई उद्धृत गर्दै फेसबूकमा लेखेका छन्, “यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेकोछु ।”

भेटमा आफूले ‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश विस्फोटनको अवस्थातिर उन्मुख हुँदैछ । र, त्यतिबेला तपाईंहरूको अग्रगमन, नाम र सालिक केही बाँकी रहने छैन’ भनेर भनेको उनले उल्लेख गरेका छन् ।

त्यसमा प्रचण्डले भनेको कुरालाई मिश्रले ७ बुँदामा सांक्षेपीकरण गरेका छन् । जसमा प्रचण्डले अहिल्यै मिश्रको विचारसँग सहमत हुने ठाउँमा नपुगेको तर, यथास्थितिमा देश चल्दैन भन्नेमा पुगेको बताएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार २१:५०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।