Logo

पशुपतिनाथ मन्दिरभित्रकाे सुनको जलहरीकाे तौल अनुसन्धान नसकिएसम्म गाेप्य राखिने

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको गर्भगृहबाट निकालेर लिएको सुनको नाप तौल अनुसन्धान नसकिएसम्म गोप्य राख्ने जनाएको छ । अनुसन्धान टुंगोमा नपुर्याउँदासम्म अहिले लिइएको सुनको तौल तथा गुणस्तरको विवरण अख्तियारले गोप्य राख्ने बताएको हो । अख्तियारका एक कर्मचारीले तौल तथा गुणस्तरको विषय अहिले सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै विवरणहरु गोप्य राख्ने जनाएको हो…