Logo

धर्म / संस्कृति

फिल्म ‘आदिपुरुष’ नेपालमा चल्न पाउने



काठमाडौँ — दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउने भएपछि नेपालमा उक्त फिल्मको सेन्सर पास भएको छ । फिल्ममा आपत्तिजनक संवाद रहेको भन्दै सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।

उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय भएपछि फिल्म वितरकले नेपालमा प्रदर्शन हुने उक्त फिल्मबाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउने भएसँगै बोर्डले सेन्सर पास गरेको सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपराह्न फिल्मको सेन्सर कार्य भएको थियो ।शुक्रबारदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको संवाद प्रस्तुत छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहीबार २३:०३   :  बजे

1.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।