काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिनाथको मन्दिरमा जलहरी राख्ने क्रममा सुन गायब पारेको भनेर आफूमाथि आधारहीन आरोप लगाइएको बताएका छन् । सुन हराएको प्रमाणित भएमा आफू मृत्युदण्डको साजय भोग्न पनि तयार रहेको बताए । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सदस्यसचिव थापाले यस विषयमा न्याय माग्न…