काठमाडौँ । ३० वर्षदेखि रोकिएको नित्य पूजा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न बज्रबाराही मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । खर्च अभावका कारण रोकिएको नित्यपूजा सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्न लागिएको बज्रबाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष वासुदेव कर्माचार्यले बताएका छन् । समितिको आयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही माघ ८ गतेसम्म सञ्चालन हुनेछ…