काठमाडौं । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटको टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा पुगेर बाहिरिएको नेपाली टोली सोमबार स्वदेश फर्केको छ । समुह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको नेपाली टिमले टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको थियो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका…