काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ। बुधवार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको थियो। जितसँगै लिभरपुल १५ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लदा समान खेलबाट ३२ अंक भएको एस्टन भिल्ला भने तेस्रो स्थानमा रहेको छ। ३६ अंक जोडेको आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ।…