काठमाडौं— डेक्लान राइसले खेलको अन्तिम समयमा गरेको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार लुटन टाउनमाथि ४–३ को जित हात पारेको छ।
यस जितसँगै आर्सनलले शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ।
आर्सनलले ३–२ ले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो। यस नतिजासँगै आर्सनलको १५ खेलबाट ३६ अंक भएको छ। दोस्रोमा रहेको लिभरपुलको १४ खेलबाट ३१ अंक छ।
मंगलबारकै अर्को खेलमा उल्भ्सले बर्नलीलाई १–० ले हरायो र त्यसमा हवाङ हि–चानले निर्णायक गोल गरे। उल्भ्सको १५ खेलबाट १८ अंक भएको छ र १२ औं स्थानमा छ।




















प्रतिक्रिया