Logo

खेलकुद

एनएसएल फुटबलमा आज इलाम र पोखराबीच प्रतिस्पर्धा



काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ।

आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन्। जारी लिगमा ३ खेलबाट अपराजित रहँदै पोखरा ५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ। यस्तै ३ अङ्क रहेको इलाम छैटौँ स्थानमा छ।

यसअघिको खेलमा पोखराले ललितपुर र झापासँग बराबरी खेलेको थियो भने चितवनलाई हराएको थियो।

यस्तै, इलामले काठमाडौँ र बुटवलसँग हार बेहोरेको थियो भने झापालाई पराजित गरेको थियो।

नौ टोली सहभागि लिगमा तीन खेलबाट ७ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहेको छ। ललितपुर ६ अंकका साथ दोस्रो तथा काठमाडौँ रेजर्स तेस्रो स्थानमा छ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ०६:५०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।