सानदार जित निकाल्दै ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार बिहानका राति भएको अन्तिम १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोलान्तरको जित निकाल्दै सर्वाधिक सफल टिम ब्राजिलले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। कतारको राजधानी दोहास्थित स्टेडियम ९७४ मा भएको खेलमा पाँच पटकको विजेता ब्राजिललाई जिताउन भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन…