कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलअन्तर्गत प्रि-क्वार्टरफाइनल खेलमा सर्वाधिक सफल टिम ब्राजिलले दक्षिण कोरियासँग खेलिरहेको छ ।
कतारको राजधानी दोहास्थित स्टेडियम ९७४ मा जारी खेलमा पाँच पटकको विजेता ब्राजिलले कोरियामाथि २-० अग्रता बनाएको छ ।
खेलको १२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गरेका हुन् ।
यसअघि खेलको छैटौं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिलले अग्रता बनाएको हो ।
भिनिसियसले ब्राजिलका लागि दोस्रो गोल गरेका हुन्। उनले सबै प्रतियोगिता गरी ब्राजिलका लागि १९ खेल खेलेका छन् ।
आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वार्टरफाइनलमा पुग्न चाहन्छन् ।




















प्रतिक्रिया