काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज सोमबार अन्तिम-१६ का दुई खेलहरू हुँदै छन् । कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । जापान समूह 'ई' को विजेताको रूपमा र क्रोएसिया समूह 'एफ' को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् । …