काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट बहराइनमा आज (शनिबार)देखि सुरु हुँदै छ । आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।