काठमाडौँ ।एनपीएलमा नाम एउटै, कुशल। दुवै राष्ट्रिय टोलीका चर्चित खेलाडी। दुवै आ–आफ्नो फ्रेन्चाइजका मार्की खेलाडी र कप्तान। समर्थकको अपेक्षा पनि उत्तिकै ठूलो। तर प्रदर्शन भने अपेक्षाअनुसार हुन सकेन। पहिला कुरा गरौँ, कुशल भुर्तेलको। पोखरा एभेन्जर्सका भुर्तेलले बल्ल हिजो काठमाडौं गोर्खाजविरुद्ध विस्फोटक ब्याटिङ गरे। ५१ बलमा ९९ रन।आठ चौका र आठ छक्का। एनपीएलमा नेपाली ब्याटरको अहिलेसम्मकै…