काठमाडौं । आदर्श विद्या मन्दिर (एभीएम) ले केबी साम ११ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज-गल्र्स दुवैमा एभीएम पहिलो भयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्पसदनलाई ३–० ले पराजित गर्यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेश्रो भए ।…