काठमाडौं । फरवार्ड निर्मला विकको दुई गोलप्रेरित नेपाल पुलिस क्लबले आइतबार राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकालाई ३–१ अन्तरले पराजित गरेको छ । चितवनको सारदानगरमा भएको खेलमा पुलिसलाई तेस्रो जित दिलाउन निर्मलाले दुई गोल गर्दा अमृता जैसीले एक गोल गरिन् । खेल सुरु भएको दोस्रो मिनेटमा नै गोल गर्दै निर्मलाले अग्रता दिलाएकी थिइन् । ३३औं मिनेटमा…