चितवन । ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर विजयी भएको छ । रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगितामा मकवानपुरले नवलपुरलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । मकवानपुरले दिएको २२४ रनको लक्ष्य पछ्याएको नवलपुर ३०.२ ओभरमा १०७ रनमै अलआउट भएपछि मकवानपुरले फराकिलो जित हात पारेको हो । …