Logo

खेलकुद

गल्फ: वेस्टर्न ओपन पोखरामा



काठमाडौं । नेपाल प्रोफेसनल गल्फर एसोसियसनको आयोजनामा बुधबारदेखि सूर्य नेपाल वेस्टर्न ओपन हुने भएको छ । हिमालयन गल्फ कोर्ष, पोखरामा हुने प्रतियोगितामा ५४ होल्समा खेल हुनेछ । 

सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजन रहेको प्रतियोगितामा ३० प्रोफेसनल र १५ एम्च्योरहरू सहभागी हुने आयोजकले जनाएको छ ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैंया, उपविजेताले ८८ हजार रुपैयाँ र तेस्रो हुने व्यक्तिले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट २१ खेलाडीलाई पनि नगदले सम्मान गरिने आयोजकले बताएको छ । प्रतियोगितामा भुवन नगरकोटी, सञ्जय लामा, धना थापा र रमी मगरलाई वेस्टर्न ओपनको दाबेदारको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १५:४८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।