Logo

गण्डकी प्रदेश

मुख्यमन्त्रीसहितका प्रदेश पदाधिकारी पुगे मन्त्री अधिकारीको घरमा



हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीको परिवारलाई भेट्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेश मन्त्रिपरिषद्का सबै सदस्य उनको निवास पुगेका छन् ।

मन्त्री अधिकारीको परिवारलाई समवेदना प्रकट गर्न मुख्यमन्त्रीसहितका मन्त्रहरु बिहीबार उनको घर पुगेका हुन् ।

यसअघि गण्डकी प्रदेश सरकारको बैठक बसी मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

यस्तै मन्त्री अधिकारीको शव पोखरा लगेपछि नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने गुरुङले जानकरी दिए ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  ५ : ४१ बजे