सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। बिहीबार प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ११ जना सांसद र सत्तारुढ नेपाली कांग्रेसका ५ जना सांसद गरी कुल १६ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। नेपालको संविधानको धारा १८८ को उपधारा (४) र (५) बमोजिम मुख्यमन्त्री कँडेलले…