धनकुटा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण बहुपहिचानका आधारमा गरिने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार दिउँसो धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा पत्रकारसँग उनले आगामी हिउँदे अधिवेशन वा बर्खे अधिवेशनसम्ममा प्रदेशको नाम राख्ने बताएका हुन् । उनले यसभन्दा अघिका सरकारले प्रदेशको नाम राख्ने विषयमा छलफल नै…