Logo

प्रमुख समाचार

एमालेका कारण नागरिकता विधेयक ल्याउन सकिएन : गृहमन्त्री



धनुषा पुगेर गृहमन्त्री बालकृष्ण खाण एमाले बिरुद्द खनिएका छन् ।

गृहमन्त्री खाणले प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताए । केही बेरअघि जनकपुर आइपुगेका मन्त्री खाणले सदनको गतिरोध हटाउन एमालेसँग आग्रह गरेका छन् ।

धनुषा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले न्यायपालिकामा देखिएको विवाद संवेदनशील र गम्भीर रहेको टिप्पणी गरे ।

मन्त्री खाणले भने, ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्छ । हामी चाहन्छौं न्यायपालिकाको विवाद छिटो अन्त्य होस् ।’

गृहमन्त्रीको स्वागतमा विमानस्थल वरपर कार्यकर्ताको भीड लागेको थियो । कार्यकर्ताको भीडले बजार क्षेत्र केहीबेर अस्तव्यस्त बन्यो । सो क्रममा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलवार ०९:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।