दशौँ महाधिवेशन अन्तर्गत कास्कीका तीन पालिकामा अधिवेशन भएकाे छ । दुईवटामा स्थगित भएको छ । अन्नपूर्ण गाउँपालिकामा विवेक देवकोटाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन भएको छ । यहाँ ५ जनाले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका थिए । पालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेताहरु गौरी सुवेदी, सोमनाथ पौडेल उम्मेदवार थिए । आन्तरिक रुपमा अन्य नेतालाई माथिल्ला…