बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आलोपालो सरकार संचालन गर्ने सहमति भएसँगै त्यसको असर एक नम्बर प्रदेशमा पनि परेको छ । प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादी र काँग्रेसले आलोपालो गर्नुपर्ने माग उठेको छ । काँग्रेसले आलोपालो सरकार नेतृत्वको प्रस्ताव राखेको हो ।
आलोपालो सरकार गठनका लागि थप छलफल गर्नुपर्ने भएकाले आइतबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न काँग्रेसले सभामुखलाई आग्रह गरेको हो ।
प्रदेश १ मा काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आफ्नो पार्टी केन्द्रीय गठबन्धनप्रति प्रतिवद्ध रहेको प्रस्ट पार्दै सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताए । मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा काँग्रेसले एकजुट भएर प्रस्तावको विपक्षमा मतदान गर्ने बताउँदै कोइरालाले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने माग रहेको पनि प्रस्ट पारे ।
‘बागमती प्रदेश र प्रदेश १ मा नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने गठबन्धन दलमा सहमति बनेपनि पछिल्लो समय काँग्रेसले आलोपालोको प्रस्ताव ल्याएको हो । बागमतीमा आलोपालो गर्ने सहमति भएपछि प्रदेश १ मा भने एकलौटी सरकारको नेतृत्व गर्ने कुरा मिल्दो नभएकाले आलोपालोको माग गरिएको कोइरालाले बताए ।




















प्रतिक्रिया