Logo

कोशी प्रदेश

प्रदेश १ का मुख्यमन्त्रीको पदावधी एक हप्ता लम्बियो, प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित



प्रदेश १ क मुख्यमन्त्री भीम आचार्यको पदावधी एक हप्ता लम्बिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएका का कारण मुख्यमन्त्रीको पदावधी लम्बिएको हो ।

प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित भएको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।

मुख्यमन्त्री आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो । तर विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो ।

यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आईतवार १५:३८   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।