Logo

हेलो मुख्यमन्त्री वेबसाइटमा दृष्टिविहीनको गुनासो, महानगरले फुटपाथमा सामान बेच्न दिएन महानगर भन्छः “फुटपाथ भनेकै हिँड्नको लागि बनाइएको हो, व्यापारिक प्रयोजनका निम्ती होइन ।”

जनगुनासो सुन्न र त्यसलाई समाधानको पहल गर्ने उद्देश्यले प्रदेश सरकारले गएको असोज १३ गते सञ्चालनमा ल्याएको हेलो मुख्यमन्त्री वेबसाइटमा एउटा फरकखालको गुनासो दर्ता भयो । गुनासो थियो, “म एक दृष्टिविहीन हुँ । बाटोमा बसेर सामान बेच्न महानगरले दिँदैन । घरघरमा गएर सामान बिक्री गर्न गाह्रो हुन्छ । चिप्लेढुंगा र पृथ्वीचोकमा बाटोको किनारमा बसेर हामी दृष्टिविहीनहरुले…