Logo

कोशी प्रदेश

बैंकबाट ऋण मिलाइदिने भन्दै म्यानेजरले गरे बलात्कार



ऋण मिलाइदिने बाहानामा बैंकका म्यानेजरले एक महिलालाई बलात्कार गरेका छन् । बलात्कार गरेको आरोपमा धनपालथान गाउँपालिका ४ स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी मोरङले झापाको बुधबारे घर भएका ४५ वर्षीय अमित बाँस्तोलालाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट शाखा प्रबन्धक बाँस्तोलाले चार लाख रुपैयाँ ऋण उपलब्ध गराइदिने बहानामा करणी गरेको खुलेको छ ।

पीडितको उजुरीपछि बाँस्तोलालाई रंगेली ७ बाट पक्राउ गरी जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार १२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।